काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डमाथि लिभरपुलले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई २(० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा खेलको २२ औं मिनेटमा डिएगो जोटा र ८९ औं मिनेटमा फाबिन्होले एक(एक गोल गरे ।
जितसँगै ३० खेलमा ७२ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
वाट्फोर्ड २२ अंक जोडेर १८ औं स्थानमा छ ।