फाइनलमा शतप्रतिशत दिएर खेल्छौँ – सन्दीप
  • CIA Khabar

  • काठमाडौँ-नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले फाइनल खेलमा सत प्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका छन् । फाइनल खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफ्नो सत प्रतिशत दिएर खेल्ने बताए ।

    ‘फाइनल खेल निकै नै महत्वपूर्ण छ । हामी उपाधि जित्न आफ्नो सत प्रतिशत दिएर खेल्छौँ,’ सन्दीपले भने । नेपाल र पपुवा न्युगिनी ९पीएनजी० बीचको फाइनल खेल कीर्तिपुरस्थित टियु मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

    त्रिदेशिय टी–२० खेलमा नेपाल सहित पीएनजी र मलेसियाको सहभागिता थियो । नेपाल प्रतियोगिताको चार खेलमा अपराजित रहँदै फाइनल पुगेको हो । पीएनजी २ अंक भए पनि फाइनल पुग्न सफल भएको थियो ।

    यो शृंखला कप्तान सन्दीप लामिछानेको लागि समेत निकै महत्त्वपूर्ण रहेको छ । उनको कप्तानीमा नेपाल पहिलो पटक कुनै श्रृंखला नजिक रहेको छ ।

    खेलाडी र क्यानबीचको विवादसँगै क्यानले सन्दीपलाई कप्तानी घोषणा गरेको थियो । सन्दीपले भने यस विषयमा श्रृंखला सबै खेलाडीको लागि उत्तिकै महत्त्वपूर्ण हुने र आफूलाई समेत सोही भएको बताए ।

    ‘टिमको सदस्य हुँ । अरूलाई जस्तो मलाई पनि उस्तै छ । मेरो कप्तानमा केही विशेष भन्ने हुँदैन,’ सन्दीपले भने । यस्तै उनले घरेलु दर्शकमाझ खेल्दा सधैँ ऊर्जा प्राप्त हुने र भोलि समेत प्रतियोगिता जित्न खेल्ने बताए

  • २० चैत्र २०७८, आईतवार १९:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images