‘केजीएफ : च्याप्टर २’ मा यशसँगै प्रभास पनि
  • CIA Khabar

  • काठमाडौँ- कन्नडा फिल्म ‘केजीएफ’ मा यशसँगै दर्शकले प्रभासलाई पनि हेर्न पाउने भएका छन् । पछिल्लो समय साउथ इन्डियन फिल्मबाट सर्वाधिक चर्चामा रहेका दुई अभिनेतालाई एउटै फिल्ममा भने हेर्न पाइने होइन

    । यश अभिनीत प्रतिक्षित फिल्म ‘केजीएफ स् च्याप्टर २’ मा प्रभासको आउँदो फिल्म ‘सलार’ को टिजर जोडिने भएको छ । दुबै फिल्मको निर्माण कम्पनि र निर्देशक प्रशान्त नील रहेकाले ‘सलार’ को प्रमोशनको सुरुवात केजीएफको सिक्वेलसँगै गर्न लागेको निर्माण पक्षले बताएका छन् ।

    पछिल्लो फिल्म ‘राधेश्याम’ को असफलता पश्चात प्रभासलाई प्रशान्त विशेष तरिकाले दर्शक सामु ल्याउन चाहन्छन्। यसैले गर्दा पनि उनले केजीएफको सिक्वेलमा टिजर जोड्ने निर्णय लिएका हुन् । ‘सलार’ प्रभासको प्रतिक्षित फिल्मको लिस्टमा छ । यसमा उनलाई एक्सन अवतारमा निर्देशक प्रशान्तले प्रस्तुत गरेका छन् । फिल्ममा प्रभाससँगै श्रुति हसनको पनि अभिनय रहेको छ ।

  • २४ चैत्र २०७८, बिहीबार २०:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images