नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित
  • CIA Khabar

  • काठमाडौँ– सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

    विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयको निर्देशनसम्बन्धी सूचना चुहाएकोलगायत आरोप गभर्नर अधिकारीमाथि लगाइएको हो ।

    अधिकारीलाई शुक्रबार निलम्बन पत्र दिइएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको एक मन्त्रीले जनाएका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले अधिकारी निलम्बनमा परेको पुष्टि गरेका छन् ।

    यसैबीच, अधिकारीमाथि छानविन गर्न पूर्वन्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनाइएको छ । समितिलाई छानबिन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

    सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरी निलम ढुंगानालाई डेपुटी गभर्नरको जिम्मेवारी दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

  • २५ चैत्र २०७८, शुक्रबार २१:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images