बिच भलिबलको उपाधि पुलिसलाई
  • CIA Khabar

  • काठमाडौँ– नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

    लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

    पाल्पाको तानसेनस्थित रानीमहलमा पूर्वराष्ट्रिय खेलाडी कमला पुन र राष्ट्रिय खेलाडी मनिषा चौधरीको जोडीले लुम्बिनीलाई २१–८, २१–१७ को पराजित गर्‍यो ।

    प्रतियोगितामा सतप्रतिशत जितसहित फाइनलमा पुगेको पुलिसले समूह चरणमा लुम्बिनीलाई सोझो सेटमा हराएको थियो ।

    यस्तै, लुम्बिनीले क्वार्टरफाइनलमा राष्ट्रिय टोलीकी पूर्व सदस्य रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडी सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २१–१७, २१–१३ को सोझो सेटमा हराएको थियो ।

    प्रतियोगिताको विजेता बनेसँगै पुलिसले एक लाख रुपैयाँ प्राप्त गरेको छ। यस्तै, उपविजेतामा चित्त बुझाएको लुम्बिनीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

  • २६ चैत्र २०७८, शनिबार २०:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images