गृहमन्त्री खाणसँग दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकको शिष्टाचार भेट
  • CIA Khabar

  • काठमाडौँ ।गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेटघाट गर्नुभएको छ ।
    गृहमन्त्रालयमा मंगलबार दिउसो भएको भेटमा दुई देशबीचको आपशी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो ।
    भेटमा गृहमन्त्री खाणले भौतिक पूर्वाधार क्षेत्रको विकासमा दक्षिण कोरियाले पु¥याएको योगदानका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले उच्च शिक्षा अध्ययन गर्न सानो संख्यामा भए पनि नेपाली विद्याथीहरू कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीहरूलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीलाई धन्यवाद दिनुभयो ।
    त्यस्तै पछिल्लो समय नेपालको विविधतायुक्त सस्कृत्ति तथा भूगोलको अवलोकन गर्न कोरियन पर्यटक नेपाल आउने गरेको गृहमन्त्री खाणले बताउनुभयो । त्यस्तै भौतिक विकास र प्रविधि क्षेत्रमा कोरियाले गरेको ठूलो विकासको प्रशंशा गर्दै गृहमन्त्री खाणले कोरियन गाडी, मेसिनहरू र मोवाइललगायतका कोरियन प्रविधियुक्त सामानहरू नेपालले आयात गरेर उपभोग गरिरहेको बताउनु भयो ।
    उहाँले नेपालमा कोरियन लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहको बताउनुभयो ।
    भेटमा दक्षिण कोरियाका राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको एपीएस अब सुचारु हुने चरणमा रहेको जानकारी गराउनुभयो । त्यस्तै कोभिडकै कारण कोरियन पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा कोरियन पर्यटक नेपाल आउने सम्भावना बढेको राजदूत चोङ–सुकले बताउनु भयो ।
    अब वर्षमा करिब ३० हजार कोरियन पर्यटक नेपाल आउने आकलन राजदूतावासले गरेको उहाँको भनाइ थियो ।

  • ६ बैशाख २०७९, मंगलवार १८:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images