नेपाल विद्यार्थी संघले हिड्नु पर्ने बाटो र बोक्नुपर्ने मुद्दा
  • टेकराज अवस्थी

  • नेपाल विद्यार्थी संघले आज आफ्नो ५३ औं स्थापना दिवस मनाइरहेको छ। २०१९ सालको पञ्‍चायती संविधानमा रहेको विद्यार्थी संगठनको परीकल्पना २०२३ सालको संविधान संशोधनमार्फत खारेज भएपछि विद्यार्थी संगठनहरु झन सशक्त र तीव्ररुपमा अगाडि आए र आफ्ना गतिविधि झन संगठित बनाउँदै आए। यसैको उपजको रुपमा २०२७ साल वैशाख ६ गते पशुपतिबाट सुरु भइ स्वयम्भू हुँदै ३ दिनमा कीर्तिपुरबाट बिपिन कोइरालाको नेतृत्वम नेपाल विद्यार्थी संघको घोषणा भएको थियो।

    नेपाल विद्यार्थी संघले ५३ वर्षको यो यात्रा पार गर्दै आजका दिनसम्म आउँदा आफ्ना थुप्रै आरोह-अवरोह पार गरेको छ। देशका थुप्रै राजनीतिक र शैक्षिक परिवर्तनमा नेपाल विद्यार्थी संघले आफ्नो गर्विलो उपस्थिति जनाएको छ। नेपाल विद्यार्थी संघले पञ्‍चायती शासनविरुद्धको आन्दोलनमा नेपाली कांग्रेसको बलियो मियोको रुपमा आफूलाई स्थापित गरेको थियो। लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलन नेपाल विद्यार्थी संघ आन्दोलनको एक घटकको रुपमा आफूलाई उभ्याएको थियो।

    हिजोका दिनमा शैक्षिक आन्दोलन र राजनीति आन्दोलनमा नेपाल विद्यार्थी संघले आफूलाई कसरी प्रस्तुत गर्छ भन्‍ने सबैको चासोको विषय हुन्थ्यो। त्यसैगरी शैक्षिक परिवर्तनमा पनि नेपाल विद्यार्थी संघको धारणा नै अधिकांश रुपमा निर्णायक हुने गर्दथ्यो। तर पछिल्ला दिनमा समग्र विद्यार्थी संगठनहरु माथिको हेर्ने नजर बदलिँदै गएको छ। विद्यार्थी संगठनहरु संगठनमुखीभन्दा ब्यक्तिमुखी हुँदै गएको संस्कारको बाटो छोड्दै अराजकताको बाटो समातेको परिवर्तित समयको बाटोलाई आत्मसात गर्न नसकेको र संगठनहरु कार्यमुखी भन्दा श्रृगारिक बढी भएको आरोप लागिरहेको छ। यी आरोपबाट मुक्त हुनका लागी नेपाल विद्यार्थी संघले आफूले हिड्नु पर्ने बाटो र बोक्नु पर्ने मुद्दालाई प्रष्ट पार्दै कार्यान्वयनतर्फ अघि बढ्नु पर्ने हुन्छ। जसका केही आयामहरु यसप्रकार छ

    चुस्त-दुरुस्त र विस्तारित संगठन

    नेपाल विद्यार्थी संघको विभिन्‍न तहमा लामो समय देखि अधिवेशन हुन सकिरहेको छैन। अधिकांश ठाउँमा इकाइ नेतृत्वविहीन छन् भने केही ठाउँमा आन्तरिक गुटका कारण एक भन्दा बढी इकाइहरु छन्। यस्तो अवस्थामा नेपाल विद्यार्थी संघले आवश्यक अध्ययन गरी संगठन भित्र रहेका समस्यालाई समाधान गर्दै संगठनको नेतृत्वलाई चुस्त र दुरुस्त संगठनको रुपमा अगाडि बढाउनु आजको दिनमा महत्वपूर्ण र पहिलो कार्य हो।

    वैचारिक प्रशिक्षण

    पछिल्लो दिनमा विद्यार्थी संगठनले वैचारिक बाटो छोड्दै गएको आरोप लाग्‍न थालेको छ। नेपाल विद्यार्थी संघले आफ्ना सदस्यहरुलाई प्रशिक्षण गर्न जरुरी छ। नेविसंघका आफू आबद्ध संगठनको मुल सिद्धान के होरु माउ पार्टीको विचार के होरु बीपी कोइरालाले देखाएको बाटो के होरु आफूले पालना गरेको अनुशासन के हो भन्‍ने लगायतका विषयमा नियमित प्रशिक्षण गर्दै संगठन विस्तार र विकासमा अघि बढ्नु पर्छ।

    विश्‍वविद्यालय सुधारमा जोड

    अहिले अधिकांश विश्वविद्यालय लथालिङ् अवस्थामा छन्। विश्वविधालयहरुमा महिनौंदेखि विभिन्‍न पक्षबाट तालाबन्दी गरिएको छ। विश्वविद्यालयका अनुसन्धान केन्द्रहरु कोमामा छन्। सेवा आयोगले आफ्ना गतिविधि नियमित ढंगले गर्न सकिरहेको छैन। न परीक्षाहरु समयमा हुन्छन्, न परिक्षाफल समयमा प्रकाशित हुन्छ। यस्तो अवस्थामा नेपाल विद्यार्थी संघले विश्वविधालय सुधारका अभियान नै चलाएर विश्वविद्यालयलाई सहि बाटोमा ल्याउन पर्दछ।

    शिक्षामा लगानी सुनिश्चितता

    शिक्षासम्बन्धी आयोजना गरेका अन्तर्राष्ट्रिस्तरका विभिन्‍न फोरममा गएर कुल बजेटको २० प्रतिशत शिक्षामा छुट्याउने प्रतिबद्धता नेपालले पनि जनाएको थियो। तर आजसम्म २० प्रतिशत लगानी कहिले पनी छुट्याइएको छैन। आधारभूतदेखि विश्वविद्यालयसम्मको सर्वाङ्गिण विकासका लागि २० प्रतिशत बजेटको सुनिश्‍चितताका लागि नेपाल विद्यार्थी संघले योजना आयोग र अर्थ मन्त्रालयलाई दवाव सिर्जना गरि लगानि सुनिश्‍चितता गर्नु।

    प्राविधिक शिक्षा

    अहिलेको समय प्रविधिको समय हो, समाजका अनेकन पाटाहरु प्रविधिसँग जोडिँदै आएका छन्, अब विश्व बजारमा बिक्री हुने विषय नै प्राविधिक शिक्षा हो। प्राविधिक शिक्षाको महत्त्व कति आवश्यक छ भन्‍ने कुरा पछिल्लो दुई वर्षको कोरोना महामारीले दर्शाएको छ। त्यसैले नेपाल विद्यार्थी संघले विशेष गरी सामुदायिक विद्यालय र सामुदायिक क्याम्पसमा प्राविधिक शिक्षा विस्तारको लगी जोड दिनु पर्छ।

    अपांग र महिलामैत्री शिक्षण संस्था निर्माणमा जोड

    अधिकांश विद्यालयका भौतिक संरचनाहरु अपांग र महिला मैत्री छैन। प्रशासनिकदेखि कक्षाकोठा हुँदै शौचालय महिला र अपांगमैत्री नहुँदा कठिनाइ हुँदै आएको छ। नेपाल विद्यार्थीसँगले बनिसकेका संरचनालाई अपांग मैत्री महिला मैत्री विस्तार गर्न र नयाँ संरचनालाई अपांग र महिला मैत्री बनाउन जोड दिनु पर्छ।

    स्ववियू

    विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा इतिहास बोकेको एउटा संगठन स्वतन्त्र विद्यार्थी युनियन वर्षौदेखि हुन सकिरहेको छैन। जसका कारण नेतृत्व विकास वैचारिक प्रतिस्पर्धा र विद्यार्थीहरुबीच सहजीकरण हुन सकेको छैन। त्यसैले यी सबै कुराको निरन्तरताका लागि स्ववियू आवश्यक हुन्छ, चाँडोभन्दा चाँडो स्ववियू चुनावका लागि नेपाल विद्यार्थी संघले विशेष जोड दिनु पर्दछ।

    पुस्तकालय विकास र ई-लाइब्रेरी विस्तार

    विद्यार्थीहरुला कोर्षका ज्ञानसँगै बाहिरी ज्ञानको पनि आवश्यकता हुन्छ। बाहिरी ज्ञान हासिल गर्ने एक मुख्य स्थान पुस्तकालय हो। सामुदायिक क्याम्पसमा प्राय पुस्तकालय भए पनि सामुदायिक क्याम्पसमा प्रायस् पुस्तकालय छैनन्। प्रत्येक क्याम्पसमा पुस्तकालय जरुरी हुन्छ। समयको विकाससँगै अहिले ई-लाइब्रेरीको तीब्र विस्तार भइरहेको छ। त्यसैले नेपाल विद्यार्थी संघले पुस्तकालय विकास र ई-लाइब्रेरी विस्तारमा जोड दिनु पर्छ।

  • ६ बैशाख २०७९, मंगलवार २१:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images