निर्धन उत्थान लघुबित्त फर्साटिकर शाखाद्वारा भैसिपालन तालिम सम्पन्न
  • झबिन भण्डारी

  • बुटवल ।निर्धन उत्थान लघुबित्त बितिय सस्था फर्साटिकर शाखाद्वारा आयोजना गरेको ३ दिने भैसिपालन तालिम सम्पन्न गरेको छ। शाखा प्रबन्धक कृष्ण थापाको सभापतित्व मा सम्पन्न कार्यक्रम को प्रमुख अतिथि शुद्दोधन गाउपालिका का प्रमुख प्रसासकिय अधिकृत झबिलाल भट्टराई , बिशिस्ट अतिथि निर्धन उत्थान लघुबित्त भैरहवा क्षेत्रीय कार्यालयका प्रमुख शम्भु, तथा अतिथि गाउपालिका पशु बिकास अधिकृत भुमिश्वर खनाल रहनुभएको थियो।कार्यक्रम मा सदस्यलाइ बिमा क्षतिपूर्ति समेत बितरण गरिएको थियो ग्राहक सदस्य जसिकला थापाको मृत्यु पश्चात आज उहाको हकवाला छोरि देवकला थापालाइ रु १० लाख ७८ हजार ८० रुपैया तथा ग्राहक सदस्य मिना कुमालको पति को मृत्यु पश्चात उहाको हकवाला सदस्य मिना कुमाल लाइ रु २८ हजार बितरण गरिएको थियो।
    कार्यक्रम बोल्दै प्रमुख अतिथि भट्टराईले निर्धनको यस्तो किसिम को कार्यक्रम अत्यान्तै सर्हानिय रहेको र आगामि दिनमा सस्थासग हातेमालो गर्दै अगाडि बढ्ने बताउनु भयो त्यस्तै क्षेत्रीय प्रमुख न्यौपानेले बचत र कर्जाको माध्यमबाट सदस्यहरुको आयस्तरमा परिवर्तन ल्याउन यस्ता किसिम का तालिम तथा कार्यक्रम को आयोजना गरिएको बताउनु भयो।कार्यक्रम को सन्चालन कर्मचारी बिमला पाण्डेले गर्नु भएको थियो।

  • १४ बैशाख २०७९, बुधबार २१:१६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images