निर्धन उत्थान लघुबित्त राहले शाखा पर्बतले ३ दिने व्यावसायिक बाख्रापालन तालिम सम्पन्न
  • CIA Khabar

  • पर्बत  ।  निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय राहले पर्बतले ३ दिने बाख्रापालन तालिम सम्पन्न गरेको छ। आफ्ना ग्राहक सदस्यलाइ व्यावसायिक तालिम दिइ उनिहरुको क्षमता बिकास गर्ने हेतुले निर्धन उत्थान लघुबित्त सस्थाले देशै भरि व्यावसायिक तालिम दिदै आएको छ
    राहले शाखाले ३० जना ग्राहक सदस्यलाइ तालिम को ब्यबस्था गरेको हो। साथै शाखाले आफ्ना ग्राहक सदस्य का १-१ जना जेहन्दार छात्र छात्रालाइ जनहि ६-६ हजार छात्रवृत्ति प्रदान गरेको छ ।
    समापन कार्यक्रम का प्रमुख अतिथि फलेवास नगरपालिका वडा न.-६ का वडा अध्यक्ष भोलानाथ भुसाल , अतिथिहरुमा शाखा प्रबन्धक रामबाबु रानाभाट,पर्बत बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख होमनाथ शर्मा,प्रताप पौडेल, कृषि अधिकृत सन्तोष सुबेदि रहेको कार्यक्रम मा बोल्दै वडा अध्यक्ष भुसालले निर्धन लघुबित्त सस्था सग आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने बताए।समापन कार्यक्रमको सन्चालन लेखापाल सुबोध पराजुली ले गरेका थिए।
  • १५ बैशाख २०७९, बिहीबार २२:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images