आजकल म पनि चुनावी मैदानमा छु
  • सुदन डोटेल

  • आजकल म पनि चुनावी मैदानमा छु

    आँफै आँफ्नो उमेद्वार

    अनी आँफै मतदाता

    शंखनाद गर्दै ,

    दौडिरहेको छु

    सपनाको मौन प्रचारमा ।

    क्षितिजमा मुस्कुराइ रहेछन

    अलेक्जेंडर र बुद्धहरु,

    बोकेको छु थुप्रै महत्वकान्छी योजनाहरु ,

    नेताहरु जस्तो झुटको खेती गरेर ,

    आँफैलाई झुक्याउनु छैन मलाई।

    फोड्नु छ चट्टानी पहाडहरु

    उकेलेर आगो

    बदल्नु छ नदीको बाटो

    र बनाउनु छ मनका फाटहरु हराभरा।

    बिचारका मतपेटिका

    आफ्नै स्वाभिमानी मतहरुले भरेर

    फेरी एकचोटि

    बिजयी पताका लहराउनु छ ,

    आफ्नै शैलीमा

    उन्मादी बिजयी गीत गाउनु छ,

    हो! मलाई जिन्दगी को चुनाव जितेर

    यहाँ, आँफैसँग आँफैलाई जित्नु छ !

    आँफैसँग आँफैलाई जित्नु छ !

    सुदन डोटेल कुसुन्ती,
    ललितपुर २४ बैशाख २०७९
  • २४ बैशाख २०७९, शनिबार २०:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images