सुरक्षा प्रबन्ध व्यवस्थापनप्रति गृहमन्त्री खाणद्वारा धन्यवाद व्यक्त
  • CIA Khabar

  • काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमा भएको भ्रमणमा सरकारका विभिन्न निकायले गरेको सुरक्षा प्रबन्ध र व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्नु भएको छ । गृहमन्त्री खाणले प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई सुरक्षा प्रबन्धका लागि धन्यवाद व्यक्त गर्नुभएको हो ।

    त्यस्तै उहाँले परराष्ट्रसचिव भरतराज पौडेल र लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा राष्ट्रसेवक कर्मचारीहरूलले गरेको चुस्तदुरुस्त व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्नुभएको हो । छिमेकी मुलुकका प्रधानमन्त्री र आफ्नै प्रधानमन्त्री आउँदा गरिएको सुरक्षा प्रबन्ध र व्यवस्थापन प्रशंशायोग्य रहेको गृहमन्त्री खाणले बताउनु भयो । यसले लुम्बिनीप्रति हेर्ने भारतीय र प्रधानमन्त्रीको नजर सकारात्मक भएको उहाँको भनाइ छ । गृहमन्त्री खाणको रुपन्देही गृह जिल्ला र लुम्बिनी निर्वाचन क्षेत्र हो ।

  • ४ जेष्ठ २०७९, बुधबार ०७:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images