गृहमन्त्री बालकृष्ण खाणको पहलमा रुपन्देही जिल्लामा आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा समेटिएका योजना
  • CIA Khabar

  • १. पेज नं ११ बुँदा नं ४४ मा ‘रुपन्देहीको कर्साघाटमा आधुनिक कृषि उपज निर्यात बजार निर्माण कार्य सुरु गरिनेछ ।’
    २. पेज नं १४ बुँदा नं ६१ मा भैरहवा विशेष आर्थिक क्षेत्रलाई पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ । विशेष आर्थिक क्षेत्रमा विद्युत् विस्तार, सवस्टेशन निर्माण र अहिले रहेको ५२ विगाह् जग्गालाई १०० विघाह् पु¥याउने पहल हुनेछ ।
    ३. पेज नं १६ बुँदा नं ७४ मा ‘भैरहवाको एकीकृत जाँचचौकी निर्माण कार्य प्रारम्भ गरिनेछ ।’ यसले द्विपक्षीय व्यापार र पारवहनलाई सहज पुग्ने अपेक्षा छ ।
    ४. पेज नं २१ बुँदा नं ९८ मा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा ल्याइनेछ ।’
    ५. पेज नं २१ बुँदा नं ९९ मा ‘हवाइ तथा यात्रु चापको विश्लेषणको आधारमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य अगाडि बढाइनेछ ।’
    ६. पेज नं ३० बुँदा नं १४४ मा ‘रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गरिनेछ ।’
    ७. पेज नं ३५ बुँदा नं १७० मा ‘गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाको विस्तार गरी प्रादेशिक सन्तुलन कायम गर्न विश्वविद्यालयहरूसँगको सहकार्यमा प्रदेश सरकार अन्तर्गतका अस्पतालहरूमा मेडिकल कलेज स्थापना गर्ने नीति लिइनेछ । बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पतालमा सम्बन्धित विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।’
    ८. पेज नं ४४ बुँदा नं २१३ मा ‘चितवन–रामपुर–बुटवल द्रुतमार्ग नीजि क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपालमार्फत प्रक्रिया अगाडि बढाइनेछ । यसबाट काठमाडौँदेखि बुटवलसम्मको यात्रा अवधि उल्लेख्यमात्रामा छोट्टिनेछ ।’
    ९.पेज नं ४५ बुँदा नं २१६ मा ‘आगामी वर्ष नारायणघाट–बुटवल खण्ड विस्तार कार्य सम्पन्न गरिनेछ । बुटवल–गोरुसिंगे सडकखण्डको विस्तार कार्य सुरु गरिनेछ ।’
    १०. पेज नं ४६ बुँदा नं २२३ मा ‘प्रमुख व्यापारिक नाकाहरूलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्न बेलहिया–बुटवल सडकको विस्तार तथा स्तरोन्नति कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ ।’
    ११. पेज नं ४८ बुँदा नं २३० मा ‘सिद्धार्थ राजमार्गको बुटवल–पाद्यप सडकमा पर्ने सिद्धबाबा खण्डमा सुरुङ मार्ग निर्माणको कार्य सुरु गरिनेछ । त्यस्तै नवलपरासीको दुम्किबास–बर्दघाट र धादिङको माझिमटार–चितवनको शक्तिखोरमा सुरुङमार्गको अध्ययनकार्य सम्पन्न गरिनेछ ।’
    १२. पेज नं ४८ बुँदा नं २३१ म ‘बुटवलको तिनाउ नदीमा बहु–उपयोगी सिग्नेचर पुल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ ।

    १३. पेज नं ४८ बुँदा नं २३३ मा ‘भैरहवा–बुटवलमा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिनेछ ।’
    १४. पेज नं ५२ बुँदा नं २५१ मा ‘बुटवल–गोरखपुर ४०० के.भी. प्रसारण लाइन निर्माण आरम्भ गरिनेछ । बुटवल–लमही–दोदोधारा खण्डको ४०० के.भी एवं रातामाटे–दमौली–बुटवल ४०० के.भी. प्रसारण लाइन निर्माण कार्य अघि बढाइनेछ ।’
    १५. पेज नं ५७ बुँदा नं २८० मा ‘बुटवलमा इन्टरनेट एक्सचेञ्ज सेन्टर निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ ।’
    १६. पेज नं ६० बुँदा नं २९५ मा ‘रुपन्देहीको तिनाउ दानव नदीमा सहरी नदी करिडोरको अवधारणा अनुरुप तटबन्ध निर्माण र वस्ती संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।’
    १७. पेज नं ६९ बुँदा नं ३४१ म ‘रूग्ण तथा बन्द प्राय अवस्थामा रहेको बुटवल धागो कारखाना उपय्ुक्त ढाँचामा सञ्चालनमा ल्याइनेछ ।’

     

  • १७ जेष्ठ २०७९, मंगलवार १२:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images