ब्याड टच प्रकरणमा सहमति : फूर्पाले गल्ती स्वीकारे, नायिका मिरुनाले भाइ सम्झिइन्
  • CIA Khabar

  • काठमाडौँ- अन्ततः अभिनेत्री मिरुना मगर र फूर्पा लामा बीचमा सहमति भएको छ । दुबैले एकापसमा क्षमायाचना गर्दै सहमति गरेका हुन् । आइतबार सिभिल हलमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले तामाङलाई आफूलाई ब्याड टच’ गरेको भन्दै थप्पड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन् । दुई दिन हिरासतमा बिताएपछि मंगलबार तीन हजार धरौटीमा छुटेका तामाङसँग भेट गर्दै मिरुनाले भाइ सम्झेर माफी दिएको दुई पक्षबाट जारी मिलापत्रमा उल्लेख छ ।

    ‘कबड्डी ४ : द फाइनल म्याच’ हेर्ने दर्शकहरूसँग साक्षात्कार गर्ने क्रममा सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहार सम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्वा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मिरुना मगरसमक्ष माफी मागेको र अभिनेत्री मिरुना मगरले भाइ सम्झेर माफी दिएकी छन्’ मिरुना र फूर्पाले हस्ताक्षर गरेको मिलापत्रमा भनिएको छ ।

    अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति पुग्ने आशयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित भएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायमा पर्न गएको असरप्रति क्षमा याचना पनि गरेको पत्रमा उल्लेख छ । मिरुना र फुर्वाले आगामी दिनमा यस विषयमा विवाद नगर्ने भन्दै पत्रमा हस्ताक्षर गरेका छन् । सो घटना बाहिर आएपछि सामाजिक सञ्जालमा नायिकाको आलोचना सुरु भएको थियो । अहिले उनीहरूबीच मिलापत्र भएको हो । दुवै पक्षबीच भएको सहमतिमा अब यस विषयलाई लिएर विवाद नगर्नेसमेत सहमति गरिएको छ ।

    No description available.

  • १७ जेष्ठ २०७९, मंगलवार २०:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images