मंसिर पहिलो साता प्रदेश र संघको निर्वाचन हुन्छ- अध्यक्ष प्रचण्ड
  • CIA Khabar

  •  

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार प्रदेश र संघको निर्वाचनको तयारीमा लागिरहेको बताएका छन्।

    सोमबार बर्दिया पुगेका प्रचण्डले त्यहाँ पत्रकारसँग कुरा गर्दै सरकार प्रदेश र संघको निर्वाचनको तयारीमा लागिरहेको बताएका हुन्। उनले मंसिर पहिलो साता निर्वाचन गर्ने सरकारको तयारी रहेको जानकारी दिए।

    उनले गठबन्धनमा मंसिर पहिलो साता र प्रतिपक्षले कार्तिक अन्तिम साता चुनाव हुनुपर्ने माग गरिरहेकोले मंसिर पहिलो साता चुनाव हुने सम्भावना बढी रहेको उनले बताए। उनले दुई चरणमा कि एक चरणमा चुनाव गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताए।

    उनले भने, ‘‘चुनाव दुई चरणमा गर्ने की एक चरणमा भन्ने छलफल भइरहेको छ। सकभर एकै चरणमा गर्ने कि भन्ने छलफल भइरहेको छ। तर मंसिर पहिलो सातामै चुनाव हुन्छ, त्यसमा ढुक्क भए हुन्छ।’

    प्रचण्डले प्रदेश र संघको निर्वाचनपछि मुलुकमा नयाँ सरकार गठन भएर विकास र समृद्धिको यात्रा अघि बढ्ने बताए।

  • ३० जेष्ठ २०७९, सोमबार १२:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images