जिल्ला समन्वय समिति सर्लाहीमा कांग्रेसका कौशल सिंहको नेतृत्वमा पुरै टिम निर्विरोध निर्वाचित
  • CIA Khabar

  • सर्लाही । जिल्ला समन्वय समिति सर्लाहीमा नेपाली कांग्रेसका उम्मेदवार कौशल किशोर सिंह निर्विरोध निर्वाचित भएका छन् ।

    शुक्रबार भएको निर्वाचनमा कांग्रेसका कौशलको नेतृत्वमा पुरै टिम निर्विरोध भएको हो । सर्लाही जिससको निर्वाचनमा कांग्रेस र माओवादीले तालमेल गरेका थिए ।

    जिसस सभापतिमा कांग्रेसका सिंह निर्विरोध हुँदा माओवादी केन्द्रका जितेन्द्र कुशवाहा उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन् । सभापति र उपसभापतिसहित कुल ९ जनाको टिम नै निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    कांग्रेसले अनुभवी एवं निष्ठावान राजनीतिज्ञ सिंहलाई जिससको कमाण्ड सम्हाल्न उम्मेदवारी तोकेको थियो । सामाजिक सेवामा समेत अग्रस्थानमा रहेका सभापति सिंहको कमाण्डमा जिसस सर्लाहीले उत्कृष्ट समन्वय गरेर जिल्लामा विकास निर्माण तथा प्रशासनिक काममा नमूना भूमिका खेल्ने विश्वास गरिएको छ ।

  • ३ असार २०७९, शुक्रबार १९:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images