सुनको मूल्य २०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार
  • CIA Khabar

  • काठमाडौँ- सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।

    बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजाबी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    बिहीबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिन यता चाँदीको मूल्य घट्दो क्रममा छ ।

  • ९ असार २०७९, बिहीबार १२:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images