स्थानीय तहमा अध्ययन तथा अनुसन्धानका लागि बजेट व्यवस्था गर्नुस् – सभापति पुन
  • CIA Khabar

  • दाङ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय तहको नीति तथा कार्यक्रममा अध्ययन तथा अनुसन्धानको क्षेत्रमा न्युनतम बजेट विनियोजन गर्नुपर्ने बताएको छ । लमही नगरपालिकाको दोस्रो नगर सभा एवम् प्रथम अधिवेशनलाई आज देउखुरीमा सम्बोधन गर्नुहुदैँ राष्ट्र र जनताको आर्थिक विकासका लागी अध्ययन अनुसन्धान अपरिहार्य रहेकोमा उहाँले जोड दिनु भयो ।

    पूर्व राज्यमन्त्री समेत रहनु भएका पुनले राज्यले विशेष नीति बनाएर अध्ययन तथा अनुसन्धानका क्षेत्रमा काम गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्न आग्रह गर्नुभएको छ । उहाँले जन चाहाना र आवश्यकता अनुसार काम गरी संघीयताको महत्वलाई पुष्टि गर्न पनि जनप्रतिनिधिहरूलाई आग्रह गर्नु भएको छ । सभापति पुनले सुशासन कायम गर्दै जनताको पक्षमा काम गर्न पनि सबै जनप्रतिनिधिहरूलाई अनुरोध गर्नु भएको छ ।

  • ९ असार २०७९, बिहीबार १९:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images