कलेरा (हैजा)बारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री खाणकाे छलफल
  • CIA Khabar

  • काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंलगायतका स्थानमा देखा परेको कलेरा (हैजा)बारे सम्बन्धित पक्ष र सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नु भएको छ । गृहमन्त्री खाणले शनिबार बिहान स्वास्थ्य सचिव डाक्टर रोसन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी अस्पतालका प्रमुख डाक्टर आशा सिह, सशस्त्र प्रहरी अस्पतालका प्रमुख रुपक महर्जनसङ्ग केही दिनदेखि देखा परेको कलेराको अवस्था र रोकथाम गर्न के गर्नुपर्छ भनेर छलफल गर्नु भएको हो ।
    उहाँले खानेपानीको अवस्था कस्तो छ रु खानेपानीको अवस्था ठीक नभएमा पानीको परीक्षण कसरी गर्ने, त्यसका लागि तयारी के छ रु भनेर जानकारी लिनुभयो । सङ्क्रमित विरामीको उपचारबारे पनि उहाँले जानकारी लिनुभएको थियो । सशस्त्र प्रहरी अस्पतालका प्रमुख डाक्टर महर्जनले कलेराको अहिलेको अवस्था र रोकथामबारे भएका तयारीबारे गृहमन्त्री खाणले जानकारी लिएको बताउनुभयो ।
    गृहमन्त्री खाणले अवस्था जटिल बन्दै गएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्योजनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चिकित्सकहरूले पनि कलेराको रोकथाम र नियन्त्रणमा खटिनु पर्ने अवस्था आउन सक्ने भन्दै गृहमन्त्री खाणले त्यसकालागि तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।
    उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यारेकमा खानेपानीको अवस्थाबारे जानकारी लिदै जवानहरूलाई कलेराले प्रभावित पार्न नदिन विशेष ध्यान दिन पनि निर्देशन दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई कलेरा प्रभावित क्षेत्रको अवलोकन गरि स्थानीयमा कलेरा फैलने अवस्था कस्तो छ, रोकथामका लागिके के उपाय अपनाइएको छ, त्यसबारे जानकारी लिन भन्नुभयो । प्रहरी अस्पताल का प्रमुख डाक्टर सिहले कलेराको अवस्था र अस्पतालको तयारीबारे गृहमन्त्रीले जानकारी लिएको बताउनु भयो ।
  • ११ असार २०७९, शनिबार १२:४७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images