प्रधानमन्त्री देउवा र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता, चान्सलरद्वारा प्रेषित पत्र हस्तान्तरण
  • CIA Khabar

  • काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले भेटवार्ता गरेका छन् ।

    आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत डा प्रिन्जले जर्मनीका चान्सलर ओलाफ स्कोल्जद्वारा प्रेषित पत्र प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेका थिए ।

    राजदूत प्रिन्जले ट्वीटरमा लेखेका छन्, ‘आरटी हस्तान्तरण गर्न पाउँदा मलाई खुशी लाग्यो। माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–जर्मन द्विपक्षीय विकास सहयोगलाई सन् २०३० पछि पनि निरन्तरता दिने प्रस्ताव चान्सलर ओलाफ स्कोल्जलाई पठाएका छौ।’

    जर्मन सरकारले नेपाललाई दिगो आर्थिक विकास, जलवायु र ऊर्जा तथा स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा गर्दै आएको द्विपक्षीय विकास सहयोगलाई सन् २०२३ पछि समेत निरन्तर गर्ने भएको छ । नेपाल र जर्मनीबीच ६० वर्षभन्दा लामो समयदेखिको द्विपक्षीय सहयोग आदानप्रदान भइरहेको छ ।

    जर्मन विकास सहयोगले दिगो विकास लक्ष्य हासिल गर्न नेपालको प्रयासलाई सहयोग गर्दै आएको छ । कोभिड–१९ पश्चात तत्काल सहयोग समेत प्रदान गरिएको थियो।

  • १३ असार २०७९, सोमबार १३:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images