धान दिवसमा रासायनिक मल खोज्दै सिंहदरबार पुगे कांग्रेसका नेता प्रदीप पौडैल
  • CIA Khabar

  • काठमाडौँ –   राजनीतिक दलका प्रायः नेताहरुले सामाजिक सञ्जालमार्फत् शुभकामना दिँदै गर्दा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल राष्ट्रिय धान दिवसको अवसर पारेर कृषिमन्त्री भेट्न सिंहदरबार पुगेका छन्। ‘मानो रोपेर मुरी फलाउने’ समयमा पनि मलखाद पाउन नसकेको कृषकलाई तत्काल रासायनिक मलको व्यवस्था मिलाउन आग्रहका लागि उनी धान दिवसका दिन कृषिमन्त्री महेन्द्र यादव भेट्न सिंहदरबार पुगेका हुन्।

    ‘आज धान दिवस भनेर सबैले शुभकामना व्यक्त गर्नुभयो। मौखिक शुभकामनाले किसानल राहत पाउने, मल पाउने सम्भावना हुँदैन। किसानको मुख्य समस्या भनेको मलको अभाव हो,’ मन्त्रीसँगको भेटपछि पौडेलले भने, ‘अहिले किसानले मल नपाएको स्थिति छ। यो कुरालाई तत्काल सम्बोधन गर्न आवश्यक छ। यिनै कुरामा सरकारको ध्यानाकर्षण गर्न मन्त्रीजीसँग छलफलका लागि आएको हुँ।’ उनले राज्यका नागरिकका लागि दुःख गरिरहेका किसानले सहजै मलखाद नपाउने कुरा स्वाभाविक नभएकोसमेत बताए। ‘राज्यका नागरिकका लागि किसानले दुःख गरिरहेको छ।

    किसानले गर्ने उत्पादन बढाउन राज्यका तर्फबाट सहुलियत दिने काम सरकारको हो,’ पौडेलले भने, ‘सरकारले आफ्नो उपस्थिति देखाउन पनि त्यो गर्नुपर्ने हुन्छ। किसानले सहजै मल नपाउने कुरा स्वाभाविक होइन।’ उनले किसानलाई अगामी दिनमा यस्तो समस्या हुँदैन भन्ने प्रतिवद्धता सरकारबाट दिलाउन खोजेको पनि बताए। जवाफमा मन्त्री यादवले मल उपलब्ध गराउन नसक्नुका कारण बारे जानकारी दिएको पौडेलले बताए। ‘पहिलो त अन्तराष्ट्रिय बजारमा मलको मूल्य बढेको छ। जसले गर्दा टेन्डर आह्वान गर्दा पनि ठेक्का नहालेको स्थिति बन्यो।

    दोस्रो, कोभिडका कारणले हामीले जति अगाडि तयारी गर्न खोज्दा पनि सम्भव भएन,’ मन्त्री यादवको भनाइ उद्धृत गर्दै उनले भने, ‘तेस्रो कुरा हामीले भारतसँग जुन सम्झौता ग¥यौँ त्यो सम्झौता बमोजिम समयमा मल प्राप्त भएन। आदि कारणले मल उपलब्ध गराउन नसकेको हो भनेर उहाँले भन्नुभयो।’ छलफलका क्रममा मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिक टन रासायनिक मल आउने जानकारी पनि दिएका छन्। यद्यपि आउन लागेको उक्त मल आवश्यक पर्ने मलको २० प्रतिशतमात्र भएको नेता पौडेलले बताए।

  • १५ असार २०७९, बुधबार २०:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images