न्यूयोर्क रेड बुल्समाथि बार्सिलोनाको जित
  • CIA Khabar

  • काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा न्यूयोर्क रेड बुल्सलाई २-० अन्तरले पराजित गरेको छ ।

    अमेरिका भ्रमणमा रहेको क्याटलान क्लबको जितमा आइतबार बिहान विंगर औसमाने डेम्वेले र फरवार्ड मेम्फिस डिपाएले एक-एक गोल गरे ।

    बार्सिलोनाले दुवै हाफमा एक एक गोल गरेको थियो । प्रि–सिजनमा बार्सिलोनाको यो पाँचौ खेलमा तेस्रो जित हो ।

    यसअघि अमेरिकन क्कब  इन्टर मियामी र स्पेनिस प्रतिद्वन्द्वी  रियल म्याड्रिडलाई बार्सिलोनाले पराजित गर्दा अमेरिकन क्लब युई ओलोट र सिरी ए को युभेन्ट्ससँग बराबरी खेलेको थियो ।

  • १५ श्रावण २०७९, आईतवार १०:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images