रामपुर क्याम्पसमामा नेविसंघमाथि जाइलाग्नेलाई कारवाहीको माग
  • CIA Khabar

  • काठमाडौं -नेपाल विद्यार्थी संघ त्रि.बि समितिले आज त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएकाे छ । गत साउन २२ गते रामपुर कृषि क्याम्पसमा अनसरत विद्यार्थी नेताहरु माथि क्याम्पस प्रमुख मिलन सुबेदीको प्रत्यक्ष निर्देशनमा चितवनका अराजक गुण्डा समुहलाई प्रयोग गरि संघका नेताहरू सुरज यादब र आशिष देवकोटामाथि सांघातिक आक्रमण गरेका थिए ।

    सो को बिरुद्धमा विद्यार्थीहरुले चितवनको खैरेनी प्रहरी चौकीमा धर्ना दिँदा पनि चितवन प्रहरीले हाल सम्म कोही कसैलाई पक्राउ गर्न सकेको छैन । सोही घटनाको बिरोधमा नेबिसंघका केन्द्रिय नेताहरुको उपस्थितिमा नेबिसंघ त्रिबि समितिले उपकुलपतिको कार्यलयमा ध्यानाकर्षण पत्र पेश गरिएको हो । उक्त पत्रमा तत्काल रामपुर कृषि क्याम्पसको प्रमुखलाई बर्खास्त गरि घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिएको छ । नेविसंघको मागलाई नजर अन्दाज गरि घटनालाई तोडमोड गर्न खोजे कडा आन्दोलनका कार्यक्रम ल्याइने नेबिसंघका नेता धर्मराज शाहीले बताए ।

    त्यसै कार्यक्रममा नेबिसंघकी पुर्ब केन्द्रिय सदस्य एवं कांग्रेस महासमिति सदस्य प्रेमिका रानामगरले चितवन क्याम्पस प्रकरणका दोषीलाई कडा भन्दा कडा कारबाही नगरे यसको परिणाम गम्भीर हुने चेतावनी दिएकी छन् । उपकुलपतिको कार्यालयमा उपकुलपतिलाई ध्यानाकर्षण गराउनु अघि नेबिसंघका नेता कार्यकर्ताले चर्को नाराबाजी गरेका थिए पनि किर्तिपुर बिश्वबिधालयमा सुरक्षा कडा पारिएको थियो ।

  • २५ श्रावण २०७९, बुधबार १७:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images