रुकुममा सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना, चार जना घाइते

थप उपचारका लागि अस्पतालसम्म पुर् याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन

  • CIA Khabar

  • काठमाडौं।रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुदा नेपाल प्रहरीका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डागीसहित चार जना घाइते हुनुभएको छ । घाइतेमध्य गम्भीर घाइले प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर् याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

    गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा पुग्दै छ ।
    रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डिएसपी डागीलाई टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी लछ्मण बुढा गम्भीर घाइले हुनुभएको छ । सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइले हुनु भएको छ । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित ६ सुरक्षाकर्मी सवार हुनुहुन्थ्यो ।
    गृहमन्त्री खाणले घाइतेको यथाशक्य उपचारको व्यवस्ता मिलाउन गृह प्रशासन र रुकुमपूर्व प्रशासनलाई निर्देशन दिनुभएको छ । जिल्लास्थित स्रोत साधनले घाइतेलाई अस्पतालसम्म पुर्‍याउन नसकिने भए मन्त्रालयमा बेलैमा खबर गर्न पनि गृहमन्त्रीले भन्नू भएको छ ।

  • २८ श्रावण २०७९, शनिबार १२:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images