निहारिकाको विषयमा राष्ट्रपतिको चासो, कानुनमन्त्री र महान्यायाधिवक्तासँग गरिन् छलफल
  • CIA Khabar

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतको विषयमा निहारिका राजपुतको विषयमा चासो देखाएकी छन् ।

    राष्ट्रपति भण्डारीले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिका राजपुतको विषयमा ध्यानाकर्षण गराइन् । निहारिकाले हिजो राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी थिइन् ।

    निहारिकाले आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो बनाएर ब्ल्याकमेल गरेको निहारिकाले बताउँदै आएकी छन् । राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी छन् ।

  • २८ श्रावण २०७९, शनिबार १९:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images