जर्बजस्ती करणी उद्योगमा फरार रहेका बेपारी कठायत पक्राउ

जर्बजस्ती करणी उद्योगमा फरार रहेका बेपारी कठायत पक्राउ

  • CIA Khabar

  • रामेछाप । आफ्नै भतिजी बुहारीलाई जर्वजस्ती करणी गर्ने अभियोगमा रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पबन कठायत पक्राउ परेका छन् ।

    उनलाई बुधवार प्रहरीले जिल्ला सदरमुकाम मन्थलीवाटै पक्राउ गरेको हो । साबिक रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई केही वर्षअघि देखी कठायत मन्थलीमा व्यवसाय संचालन गर्दै आएका छन् । उनले आफ्नै भतिजी बुहारी बिनु यादवलाई मन्थली नगरपालिका–१ मच्छेडाँडी नजिकैको आफ्नै घरमा जर्वजस्ती करणी गर्न खोजेको भन्दै कठायत विरुद्ध यादवले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन ।

    बुहारीले प्रहरीमा जर्वजस्ती करणीमा जाहेरी दर्ता गराएको सुनेपछि कठायत फरार भएका थिए । फरार रहेका कठायतको खोजीमा रहेको प्रहरीले सुराकीको आधारमा सदरमुकाम मन्थलीवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नावय उपरीक्षक राजकुमार थिङले जानकारी दिए । उनले भने– पक्राउ परेका कठायतलाई आजै रामेछाप जिल्ला अदालतबाट म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि वढाइने छ ।

    करीव एक महिना अघि रामेछाप जिल्ला अदालतवाट कठायतका भतिज प्रदीप कठायत र बुहारी बिनु यादव बिच सम्बन्ध विच्छेदको फैसला भएको थियो । अदालतले जर्वजस्ती आफ्नो श्रीमान् सँगको सम्वन्ध बिच्छेद गराएको भन्दै रामेछाप जिल्ला अदालत भित्रै बिनु यादवले बिष सेवन गरेकी थिइन । बिष सेवन पछि तत्काल उनलाई मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाण्डौं लगिएको थियो ।

    यादवलाई उनका काका ससुरा कठायतले अदालतले आज हाम्रो पक्षमा फैसला हुँदैछ, भन्दै आफु एक्लै बसिरहेको कोठामा पसि जर्वजस्ती करणी गर्न खोजेको र आफु जर्वजस्ती करणी गर्ने प्रयासवाट उम्कन सफल भएको भन्दै बुहारी यादवले प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन ।

  • १ भाद्र २०७९, बुधबार २०:२३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images