रामेछाप कांग्रेस सभापति तामाङ अल्पमतमा
  • CIA Khabar

  • रामेछाप । नेपाली कांग्रेस रामेछापका जिल्ला कार्यसमितीको बहुमत सदस्यले पार्टी सभापती पूर्णबहादुर तामाङ (कान्छाराम) को विरुद्धमा प्रेस बिज्ञप्ती जारी गरेको छ । बहुमत जिल्ला कार्यसमिति सदस्यले सभापती तामाङलाई चेतावनी सहित सभापतीको कार्यशैलीको बिरोध गर्दै मंगलबार प्रेस बिज्ञप्ती जारी गरेको हो । मंगलबार जिल्ला कार्य समितिले जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) अल्पमतमा रहेको जनाउँदै हस्तक्षर सहित एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको छ ।

    बिज्ञप्तीमा भनेको छ आगमी मंसिर ४ गते हुने आम निर्वाचनमा समेत पार्टीलाई सम्भावित दुर्घटनाबाट बचाउन एवम् संगठनलाई चलायमान गराउन भनि सल्लाह सुझाव दिंदा समेत सभापती तामाङ एकल ढंगले निर्णय गरेर मनपरी काम गरेकोले आरोप छ ।
    जिल्ला कार्य समितिको साउन ३ गतेको बैठकबाट सभापति तामाङ अल्पमतमा रहेको जिल्ला कार्य समितिका बहुमत कार्यसमिति सदस्यहरुले जिल्ला पार्टी सभापतिलाई साउन ६ गते दिएको ज्ञापन पत्रले प्रमाणित भैसकेको कुरा बिज्ञप्तीमा उल्लेख छ ।

    पार्टी सभापतीले आफ्नो अनुकुल निर्णय गर्नको निम्ती स्थानिय तह निर्वाचनमा बिधान बमोजिम संसदिय बोर्ड नै गठन नगरी मनोमानी र एकलौटी ढंगले स्थानिय तहको टिकट वितरण गरेको तथा कार्यपालिका सदस्य तथा जिल्ला समन्वयको टिकट कार्यसमितीको बैठकमा बिना जानकारी आफु निकटस्थलाई बितरण गरेको समेत आरोप बिज्ञप्तीमा जारी छ । त्यस्तै गरी स्थानिय तह निर्वाचनमा लिखुतामाकोशी गाउँपालिकाको उपाध्यक्षको टिकट पार्टी सदस्य नै नरहेका नेकपा एमाले बाट २०७४ सालको स्थानिय तहको निर्वाचनमा गाउँपालिका प्रमुख गोबिन्द बहादुर खड्काका श्रीमती सरस्वती गुरुङ्ग खड्कालाई आर्थिक चलखेलका कारण टिकट दिएको समेत उल्लेख छ ।

    जारी विज्ञप्तीमा भनिएको छ– “कार्य समिति सदस्यहरुले ज्ञापन–पत्र दिँदादिँदै पनि पार्टी सभापतिले पुन: १७ साउनमा बैठक बोलाई बैठकमा २० जना मात्र उपस्थित भएतापनि बैठकमा उपस्थित नै नभएका सदस्यहरुको निर्णय पुस्तिकामा विभिन्न प्रलोभन देखाएर किर्ते हस्ताक्षर गराई आफ्नो पक्षमा बहुमत सदस्य रहेको भनि पूर्ववत सर्वसम्मतबाट गरेका निर्णयहरुलाई उल्टाई पार्टीलाई आघात पुग्ने विभिन्न निर्णय गर्दै गलत प्रचार गरेकोमा हामी बहुमत कार्य समिति सदस्यहरुको तर्फबाट घोर भर्त्सना गर्दछौं ।”

    सम्बन्धित सरोकारवाला निकायले यो विषय निराकरणको लागि तत्काल पहल गर्न अनुरोध गर्दै कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले थप सशक्त संघर्षका कार्यक्रम तय गरी अगाडि बढ्न बाध्य हुने भन्दै विज्ञप्ती जारी गरेर चेतावनी समेत दिएका छन् ।

    कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट तामाङले निर्वाचित भए पश्चात जिल्ला पार्टी बैठकहरुमा पार्टी सभापतिको कार्यशैली अलोकतान्त्रिक, अराजनीतिक र अराजक भावनाबाट ओतप्रोत भएको कारण निर्वाचित कार्यसमितिका सदस्यहरुले पटक–पटक सभापतिको निर्णयप्रति असहमित जनाउँदै आएका थिए ।

    उनीहरुले सभापतिलाई विधान अनुरुप चल्न अनुरोध गर्दागर्दै पनि केहि राजनीतिक स्वार्थीहरुको स्वार्थ सिद्ध हुने गरी पार्टीलाई अबैधानिक र अलोकतान्त्रिक तरीकाले सञ्चालन गरेको उनीहरुको आरोप छ ।

    हस्ताक्षर सहित प्रेस विज्ञप्तीको पूर्णपाठ:

  • १ भाद्र २०७९, बुधबार २०:३३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images