जीप दुर्घटना हुदा घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन : गृहमन्त्री खाणको निर्देशन
  • CIA Khabar

  • काठडमाडौँ, १ भदौ । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा यात्रुवाहक जीप दुर्घटना हुँदा घाइते भएकाहरूको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन र जिल्लामा रहेको स्रोत र साधनले नपुगेमा मन्त्रालयमा खबर गर्न निर्देशन दिनुभएको छ ।
    गृह प्रशासन र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखहरूलाई टेलिफोन गरी घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको हो ।
    गोकुलेश्वरबाट सदरमुकाम खलंगा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्धटना हुँदा चार पुरुष र एक महिला गरी ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो । दुर्घटनामा नौ जना घाइते भएका र तीमध्य तीन जनाको स्वास्थ्यअवस्था गम्भीर भएको प्रजिअ उपाध्यायले बताउनुभयो ।
    घाइतले सबैलाई उद्धार गरी गोकुलेश्वर अस्पतालमा पुर्‍याइएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि बाहिर लैजान हेलिकोप्टरको आवश्यकता पर्ने भएमा मन्त्रालयमा जानकारी गराउन पनि गृहमन्त्री खाणले प्रजिअ उपाध्यायलाई भन्नुभएको छ ।

  • १ भाद्र २०७९, बुधबार २०:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images