समाजसेवी नेता चौलागाई चुनाब लड्ने
  • CIA Khabar

  • रामेछाप । नेपाली कांग्रेसका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मंसिर ४ गते हुने निर्वाचनमा रामेछाप बाट आफु चुनाव लड्ने बताएका छन् । संघिय संसदको वा प्रदेश सांसद मध्य एकमा आफु चुनाव लड्ने तयारी गरिरहेको नेता चौलागाइले बताएका हुन् ।

    नेता चौलागाई २०४८ साल देवी निरन्तर नेपाली कांग्रेसको राजनीतीमा रहेका छन् । लामो ३१ बर्षको राजनीतिमा खासै लाभका पद नलिएका चौलागाईले यस बर्ष पटक भने संघ वा प्रदेश संसदको रुपमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । नेता चौलागाईले भने संघ र प्रदेश मध्य एकमा मेरो उम्मेदवारी रहन्छ कुनमा रहन्छ भन्ने अहिले टुंगो लागेको छैन अब छिटै टुंगो लाग्छ । तर यस पटक आफ्नो उम्मेदवारी रहने र पार्टीले पनी साथ दिने चौलागाईले बताए ।

    २०४८ सालदेखि लगातार जिल्लाको राजनीतिक संगै सामाजिक यात्राको सारथिको रुपमा आफ्नो पहिचान बनाएका नेता चौलागाई आफ्नो निरन्तर प्रयास र कर्मकै कारण आम जिल्लाबासिको आशा र भरोसाको केन्द्र बन्न सफल भएको कांग्रेसका नेता तथा कार्यकर्ताहरुलेनै बताउने गरेका छन् ।

    चौलागाँईले भने “मेरो राजनितिक या सामाजिक यात्राका क्रममा कसैलाई सहयोग गर्नु पर्दा मैलै कैलै पनि तेरो र मेरो भनिन , नजिक र पराया भनिन । कांग्रेस र कम्युनिस्ट पनि भनिन । कसैलाई समस्या पर्दा हरेक नागरिकको सुख दु:खमा निस्वार्थ रुपमा साथ दिदै आएको छु । पार्टिगत रुपमा पनि दिएको जिम्मेवारी पुरा गर्नै कुरामा म कैले पनि चुकेको छैन ।”

    आफुले रोजेको समाज सेवा र राजनिति यात्रा संगै निति निर्माण गर्नै तहमा पुग्न सकियो भने मात्र त्यसले पुर्णता पाउँने र त्यो भनेको संसदनै हो । भन्ने बुझाईका साथ मैले यस पटकको निर्वाचनमा संघिय संसद वा रामेछापको प्रदेश ‘ख’को उम्मेदवारी दावि गर्ने निर्णय गरेको चौलागाईले बताए ।
    कृयाशिलताका कारण सिङ्गो जिल्ला संगै मेरो क्षेत्रका अधिकाँश नागरिकहरु संग मेरो सिधा चिनजान भएकोले पनि आफ्ना लागि निर्वाचन सहज भएको चौलागाईको दावी रहेको छ ।

    राजधानीबाट नजिक भएर पनि विकासमा पिछडिएको रामेछापको समृद्धिका लागि गर्नु पर्ने धेरै काम भएको र त्यसको समाधानका लागि संसदमानै पुग्नु पर्ने भएकोले आफुले यस पटक निर्वाचनमा संसदमा दावेदारी प्रस्तुत गर्न लागेको हुँ चौलागाईले भने ।

    हुन त कांग्रेस पार्टि बाट निर्वाचनमा टिकट दावी गर्ने संघ र प्रदेशका आकांक्षीहरूमा कुनै कमी छैन । त्यस बारेमा पुर्ण रुपमा जानकार रहेका चौलागाई भन्छन् “पार्टीमा टिकटका आकांक्षी म मात्र होइन, दर्जनौ साथीहरु छन् । तर पार्टीले मेरो सक्रियताका आधारमा हाल सम्मको पार्टि भित्रको गतिबिधिहरुको मुल्याङ्कन गरेर मलाई टिकट दिन्छ भन्ने विश्वास लागेको छ ।

    चौलागाँईले जिल्लामा गरेको नियमित योगदानका आधारमा उम्मेदवारी दावी गर्नु स्वभाविक रहेको कार्यकर्ताहरुको बुझाई रहेको छ । २०२६ साल भदौ ८ मा रामेछापको सुनापति गाउँपालिका वडा नं १ गुन्सीमा जन्मेका चौलागाई नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य हुदै तेह्रौं र चौधौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बने उनले चौधौं महाधिवेशनमा भने सर्वाधिक दोस्रो मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

    नेता चौलागाईले रामेछापका झण्डै १ सय २० भन्दा बढी बिद्यालयका २० हजार भन्दा बढी बिद्यार्थीहरुलाई कापीकलम र पोशाक बितरण गर्नका साथै जिल्लामा शब बहान समेत बितरण गरेका छन् । पार्टी नेता कार्यकर्ता तथा रामेछापका नागरिकलाई समस्या पर्दा नेता चौलागाई साथ र सहयोग गदै समाजसेवी नेताको रुपमा जिल्लामा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

  • ९ भाद्र २०७९, बिहीबार ०९:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images