नगरपालिकाको लाखौंको लगानीमा बनेको मनमोहन पार्क भत्काउदै एमाले अध्यक्ष श्रेष्ठ
  • CIA Khabar

  • रामेछाप । नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठले लाखौंको लगानीमा निर्माण गरेको मनमोहन पार्क एमाले अध्यक्ष श्रेष्ठले भत्काई दिएका छन् । नगरपालिकाको गेटमा जोडिएको मनमोहन पार्क आफ्नो घडेरी खन्ने क्रममा अध्यक्ष श्रेष्ठले भत्काउदा समेत नगरपालिकालाई थाहा छैन् । श्रेष्ठले नगरपालिकाको गेटैमा रहेको पार्क भत्काउदा समेत आफुलाई थाहा नभएको भन्दै नगरपालिका मौन बसेको छ ।


    नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष श्रेष्ठले मन्थली नगरपालिका अगाडि रहेको नेकपा एमालेका नेता मनमोहन अधिकारीको पार्कमा लगाएको घेरा बार घडेरी खन्ने क्रममा भतकएका हुन् । अध्यक्ष श्रेष्ठले आफ्नो नीजी जग्गामा घर बनाउनको लागि नगरपालिकाले लाखौं खर्चेर बनाएको ‘वाल’ भत्काएका हुन । उक्त संरचना नगरपालिकालाई बिना जानकारी भत्काएर सार्वजनिक सम्पतिमाथि अध्यक्ष श्रेष्ठले डोजर चलाएका हुन ।


    अध्यक्ष श्रेष्ठले घर बनाउन घडेरी खन्ने क्रममा नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा कूल १८ लाख लागतमा निर्माण गरेको ‘मनोमोहन पार्क’ संगैको ‘वाल’ भत्काएपछि स्थानीय ले बिरोध गर्न थालेका छन् । श्रेष्ठले नगर प्रमुख आफ्नै पार्टिको ब्यक्ती भएको आधारमा वाल भत्काएको आरोप स्थानीयले लगाएका छन् । नगरपालिकाको ढोका अगाडि रहेको उक्त संरचानाको वाल भत्काउदा समेत नगरपालिका लुटुलु हेरेर बसीरहेको छ ।

    नगर प्रमख सँग संम्पर्क गर्दा नगर प्रमख लव श्रेष्ठले पार्कमा लगाएको वाल भत्काएको विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । नगर प्रमुख श्रेष्ठले भने– ‘मलाई यसका वारेमा कुनै पनी जाकारी छैन । मैलै पनि हाम्रो नगरले बनाएको वाल भत्काइएको भन्ने जानकारी पाएको छु यसवारेमा म आनन्द जी लाई सोधेर मात्र भन्न सक्छु । यदि उहाँले त्यस्तो गर्नुभएको रहेछ भने पहिलेको जस्तो संरचना उहाँले पुन बनाइदिनु पर्छ ।
    यसैबिषयमा नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीसँग सम्पर्क गर्दा बुढाथोकीले पनि आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने यो वारेमा मलाई थाहा छैन मेयर साप वा हाकिम सापलाई थाहा छ की उहालाई एकपटक सोध्नु पर्छ ।
    यसैबिषयमा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलसँग पनि यस वारेमा जिज्ञासा राख्दा आफुलाई यो बिषयमा कुनै जानकारी नभएको बताए ।
    यस बिषयमा नगरपालिकाका यस अघिका (निबर्तमान) नगर प्रमुख रमेश बस्नेतले नगरको संरचना भत्काएकोमा गम्भिर आपत्तिसहित आक्रोश पोखेका छन् । आफु नगरको मेयर हुदाँ धेरै दुख गरि वनाएको संरचना भत्काएको देख्दा अहिले नगरपालिका टुलुटुलु हेरेर बस्दा आफुलाई पिडा भएको बस्नेतले बताए ।
    नगरको संरचनामाथि एउटा जिम्मेवार ब्यक्तिले गरेको ज्यादति शह्य हुन्न । उनले भने यो संरचना निर्माण गर्दा वाल निर्माणका लागि ५ लाख र मनमोहन पार्कका लागि १३ लाख गरी कुल १८ लाखको लागतमा संरचना निर्माण गरिएको हो । तत्कालिन समयमा पार्क बनाउँदा पनि ३ फिट नगरपालिकाको जग्गामा

    यस बिषयमा अध्यक्ष श्रेष्ठसंग बुझ्दा आफुले बिहिबारनै नगरपालिकाको प्रशासनलाई लिखित तथा मौखिक जानकारी दिएको र आफ्नो जग्गामा पक्की घर वनाउन आफुले चर खन्न थालेको बताए । अध्यक्ष श्रेष्ठले घरको जग खन्नका लागि भत्काइएको वाल काम सकेपछि त्यस्तै बनाइदिने बताए ।

  • ११ भाद्र २०७९, शनिबार १८:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images