नेपाली कांग्रेस रामेछापको विबाद मिल्यो : सभापती बिरुद्ध परेको उजुरी फिर्ता
  • CIA Khabar

  • रामेछाप । नेपाली कांग्रेस रामेछापमा भएको बिबाद मिलेको छ । सभापती तामाङ्गले पाटीको नितिनियम भन्दा बाहिर गएर ब्यक्तिगत स्वार्थमा मनलाग्दी पार्टी सञ्चालन गरेको भन्दै सभापती बिरुद्ध केन्द्रिय कार्यलयमा सभापती तामाङ्गको पद खारेजीको माग गर्दै बहुमत सदस्य र महाधिबेसन प्रतिनिधीले उजुरी हालेका थिए । साथै पार्टी सभापती पुर्णबहादुर तामाङ्गले पार्टीलाई एकलौटी ढंगले मनोमानी सञ्चालन गरेको भन्दै साउन ३ गते देखी एक पक्षका नेताहरु सभापती तामाङ्गको बिरुद्धमा लागेका थिए ।


    आगामि मंसिर ४ गतेको निर्वाचन लक्षित कार्यक्रमलाई लिएर केन्द्रबाट खटिएका केन्द्रीय सदस्य हरिशरण नेपालीको रोहवरमा शनिबार मन्थलीमा बसेको दुई पक्षको छलफल पछि पार्टिको आन्तरिक विवाद मिलाएर लैजाने कुरामा सहमति जुटेको हो । नेपाली कांग्रेसले चलाएको “जनताको साथमा कांग्रेस” राष्ट्रिय अभियान–२०७९ अभियानको उद्घाटन सँगै रामेछाप कांग्रेसमा देखिएको बिबाद मिलेको छ ।

    बिभिन्न चरणमा भएको बार्ता सकरात्मक भएपछि शुक्रवार आयोजना गरिएको उक्त अभियानको उद्घाटन कार्यक्रममा दुबै पक्षका नेता तथा कार्यकर्ताहरु सहभागि भएका थिए । पार्टि सभापति पूर्ण बहादुर तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं रामेछापका लागि खटिएका केन्द्रीय प्रतिनिधि हरीशंकर नेपालीले गर्नुभएको थियो ।
    पार्टि सभापति कान्छाराम तामाङ्गको विशेष कारण देखाउँदै चुलिएको नेपाली कांग्रेस रामेछापभित्रको विवाद शनिवार मिलेको हो । यसअघि सभापति पूर्ण बहादुर तामाङ कान्छारामले मनलाग्दी तरिकाले पार्टि संचालन गरेको, नेता तथा कार्यकर्ताहरु प्रति अपमानित ब्यवहार गर्ने गरेको लगाएतका माग राखि बहुमत सदस्यहरु,र पूर्व सभापति एवं रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापतिको विरुद्ध उजुरी दिएका थिए ।
    शुक्रबार र शनिबार गरि दुई दिन सम्म पटक पटक बसेको बैठकमा असंतुष्ट पक्षले आफ्ना सबै असन्तुष्टिहरु राखेका थिए । मन्थलीमा बसेको जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधिसहितको बैठकले सभापति तामाङले आफ्नो सबै खाले गलत कार्यशैली सच्याउने र असन्तुष्ट पक्षले अबदेखि पार्टीभित्रको विवाद पार्टीभित्र नै समाधान खोज्न सहमति भएको जानकारी पार्टि प्रबक्ता नारायण बोगटीले दिए ।

    उहाँका अनुसार बैठकमा विगतमा देखिएका कमीकमजोरीको समिक्षा सहित पार्टिलाई साउन ३ को बैठक अघिकै अबस्थामा फर्काउने सहमति पनि भएको छ । सभापतिले आफु अनुकुल नचलेको भन्दै कार्य सम्पादन समिति,रिक्त पदपुर्ति समिति र अनुसासन समितिलाई पनि भंग गरेका थिए । परिणामा विवादले उग्र रुप लिएको थियो । तर पार्टीले तत्काल संचालन गर्न लागेको जिल्ला प्रशिक्षण कार्यक्रम भने अहिले तोकिएको पार्टि उप सभापति लेख बहादुर कार्कीकै संयोजकत्वमा सम्पन हुने गरि उक्त समितिको बारेमा भने आगामी बैठकले निर्णय गर्ने समेत सहमति भएको छ । उक्त सहमति संगै कांग्रेसलाई मंसिर ४ को निर्वाचनमा जान र प्रतिस्पर्धाका लागि समेत सहयोग पुग्ने विश्वास कार्यकर्ताहरुले गरेका छन् ।

  • १२ भाद्र २०७९, आईतवार ०९:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images