कृष्णनगर भन्सारबाट आयात निर्यात सुविधा मिलाउन प्रतिनिधि सभा सदस्य शाहको माग
  • CIA Khabar

  • काठमाण्डौं । प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले कृष्णनगर भन्सारबाट आयात निर्यात सुविधा मिलाउन अर्थ मन्त्रालय संग माग गरेका छन् । प्रतिनिधि सभा सदस्य शाहले कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका अन्तर्गत कृष्णनगर भन्सार कार्यालय भारतको गुजरात मुन्द्रा पोर्ड देखी सबै भन्दा नजिकको नाका भएको भन्दै सो नाकामा उक्त सुबिधा मिलाउन माग गरेका हुन् ।

    कृष्णनगर नाकाबाट नेपालमा समान आयात गर्दा सहज सुलभ र सस्तो हुने भएकोले कृष्णनगर भन्सारलाई आगामी दिनमा ड्राई पोर्ट तथा नेपालका बिभिन्न कारखानामा लाग्ने कच्चा पदार्थकोलागी तेस्रो मुलुक आयात निर्यातको सुविधा नाकालाई उपलब्ध गरिदिन माग गरेका हुन् ।
    कृष्णनगर नाका हरेक हिसावले उपयुक्त र नेपालको लागी फाईदा मुलक रहेको उद्योग मन्त्रालयको प्रारम्भिक सर्वेक्षणमा पनी उल्लेख भएको बताइएको छ ।
    प्रतिनिधि सभा सदस्य शाहाले सो नाका सम्म देनीक रेल सेवा भएको भन्दै भारत संगको समन्वयमा अझ थप गर्न सकिने समेत बताइएको छ ।

  • २१ भाद्र २०७९, मंगलवार १६:५६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images