जबरामाथिको अवरोध हटाउन मानव अधिकार आयोगको आग्रह
  • CIA Khabar

  • काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अवरोध हटाउन सरकारसँग आग्रह गरेको छ ।

    आइतबार प्रधानन्यायाधीश निवास बालुवाटारमा अनुगमनपछि आयोगले गरेको विज्ञप्ति जारी गर्दै यस प्रकारको गतिरोध अन्त्य गर्न आग्रह गरेको हो ।

    संविधानप्रदत्ता वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको राज्यले सम्मान गर्नुपर्ने आयोगको विज्ञप्तिमा भनिएको छ ।

    ‘जुनसुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ । यस प्रकारका अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ । अतः संविधान र कानूनमै टेकेर यस प्रकारको गतिरोध अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    आयोगले राणाको निवासमा आवत जावत गर्ने व्यक्तिको निगरानी गरिएको, आवासबाट बाहिर निस्कने सवारी साधन जाँचमा कडाइ गरिएको र राणाको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको अनुगमनको क्रममा पाइएको जनाएको छ ।

    आज सर्वोच्च जाने तयारीमा रहेको समयमा सरकारले घरबाट बाहिर निस्कन नदिएको आरोप जबराको छ ।

  • २ आश्विन २०७९, आईतवार १९:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images