निर्धन उत्थान लघुबित्तको कर्जाले वनायो उधमी
  • CIA Khabar

  • वि.स.२०४० साल खोटाङ जिल्लाको दिक्तेल सोल्मा होस्मा टोल वडा. नं. ८ मा जन्मेकी कल्पना राईको १८ बर्षको उमेरमा सोही नगरपालिका वडा नं.८ रबुटोलका श्री मेम्बर राई सँग २०५८ मा सामाजिक परम्परा अनुसार विवाह भएको थियो । घर परिवारको आर्थिक अवस्था सामान्य भएपनी बिवाह पश्चातको पति तर्फको घरको अबस्था पनि दयनीय थियो । बिवाह पश्चात उनको १ वटा छोराको जन्म भयो । घरको खर्चको भार बढ्दै गएपछि श्रीमान बैदेशिक रोजगारमा दुवई गएको र सो ठाउँ पनि राम्रो सँग कमाई धमाई गर्न नसक्दा एक्लैले काम गरेर घर खर्च चलाउन गाह्रो हुदै गयो ।
    कुनै पनि समुहमा आवद्ध नरहेकीे कल्पना राई समुहमा आवद्ध भई वितिय कारोवार गदैँ कुनै व्यवसाय अंगाल्दा लगानि गर्न सजिलो हुने र बचत पनि गर्न भनी मिति २०७२ साल असार २९ गते सोल्मा स्थित संस्थाको नीति नियम अनुसार उधमशील महिला स्वावलम्वी समुह गठन गरी समुहमा आवद्ध भई हाल सम्म निरन्तर रुपमा कर्जा,बचत कारोबार गर्दै आएकी छिन् ।वि.स.२०७२ अशोज महिनामा प्रथम पटक रु ३० हजार कर्जा लिई बँगुर पालन सुरु गरिन् । तेस्रो पटक वि.स. २०७५साल माघमा रु २ लाख लिई ४ वटा बँगुर थप गरिन् तेस्मा तरकारी खेतिमा पनी आवद्ध भईन् । र त्यो पेशा बाट राम्रो आम्दानी लिदै गर्दा उनीमा अझ हौसला बढ्दै गए पछि धितो कर्जा वि.स.२०७७।०६।१२ फेरि पनि रु ५०००००।– लिई ७ लाख बरोबरको बँगुरको खोर र्निमाण गरी १२ वटा बँगुरको पाठा पाठी लगाई व्यावसाय लाई उच्च बनाउने जोगारमा छु भनि बताईन् ।
    आफने मेहन्त र लगनशिलताले व्यवसायीमा सफलता प्राप्त गरेकी उनले समुहमा आवद्ध ग्राहक सदस्यलाई बैंंक तथा वितिय संस्था वाट आफ्नो शिप, क्षमता र कार्यकुशलता अनुसार कर्जाको सदुपयोग गरी पेशा व्यवसाय लगानि गरी आर्थिकोपार्जन गर्न सुझाव गर्ने गर्छिन ।आज भोलि परिवारको घरायसी खर्च गास, वास, कपास, अन्य भैपरि खर्च गर्न र कर्जा किस्ता तिर्न, साथै छोराछोरी को पढाई खर्च पुर्याउन कुनै गाह्रो छैन् । विगतको दिन साह्रै गाह्रो भएपनि हाल संस्थामा आवद्ध हूदा परिवारिक जीवन स्तर उकास्न, समृद्ध बन्न वितिय संस्थाको लगानिले मदत गरेकोले भित्रै देखी खुसी छिन् ।
    र अन्तमा उनी भन्छिन जीवनमा धेरै दुःखहरु ग्रियो तेहि दुःखले गर्दा हरेक चुनौति सँग खेल्न सिक्दै गएँ हरेक कुराको सामधान गरी अगाडी बढेकोले मेरो जीवनमा आमुल परिर्वतन आएको छ । यो परिवर्तन आउनुमा निर्धन उत्थान लघुवित्त वितिय संस्थाको ठूलो योगदान रहेको छ । संस्थाले गाउँमा छरिएर रहेको पूँजीको अभावमा केही गर्न नसकेको विपन्न परिवारलाई समुहमा आवद्ध गराई विना धितो सामुहिक जमानीमा कर्जा दिई आत्मानिर्भर बनाई उनीहरुको सामाजिक र आर्थिक उन्नती गरिरहेको छ । साथै समुहका अन्य दिदि बहिनीहरुलाई पनि कर्जाको पुर्ण सदुपयोग गर्दै सफल व्यावसायी बन्न उत्प्रेरित गर्छिन् कल्पना राई।                                                    लेखकः श्री विशाल भुसाल , निर्धन उत्थान लघुवित्त वितीय संस्था लिमिटेड , दिक्तेल शाखा

  • २९ आश्विन २०७९, शनिबार २१:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images