संविधानको रक्षाका लागि गठबन्धन दलहरुको पक्षमा मतदान गर्न शाहको अपील
  • CIA Khabar

  • कपिलवस्तु ।  निवर्तमान सांसद एवं वाम लोकतान्त्रिक गठबन्धन कपिलवस्तु क्षेत्र न ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले लोकतान्त्रिक संविधानको रक्षाको लागी गठबन्धनलाई मतदान गर्न आव्हान गर्नुभएको छ । नेकपा एमाले नेतृत्वको सरकारले पटक पटक संविधान माथि प्रहार गरेकाले संविधानको रक्षाको लागी गठबन्धन वनेको बताउनुभयो । वाम लोकतान्त्रिक गठबन्धन क्षेत्र न ३ क को चुनाव प्रचार प्रसार कार्यालयको समुद्घाटन कार्यक्रममा शाहले एकताबद्ध भएर निर्वाचनमा खटिन आग्रह समेत गर्नुभएको छ ।
    कपिलवस्तु क्षेत्र न ३ मा गठबन्धनका सबै उम्मेदावरहरु निर्वाचित हुनेमा कुनै शंका नरहेको समेत बताउनुभयो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रुपा विक , माओवादी केन्द्रका केन्द्रीय सदस्य रुद्र बन्जाडे , जिल्ला संयोजक विष्णु वेल्वासे , काँग्रेस जिल्ला उपसभापति हुमाकान्त खनाल , प्रदेश ३ क का उम्मेदवार एसहान अहमद खां , लगायतले गठबन्धनको जित अपरिहार्य भएको बताएका छन् । गठबन्धनले क्षेत्र न ३ क मा दिनेश पुनको संयोजकत्वमा ५०१ सदस्य चुनाव प्रचार प्रसार समिति समेत बनाएको छ ।

  • २ कार्तिक २०७९, बुधबार ०९:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images