परासि लघुबित्त कर्मचारी मन्च तदर्थ समितिको अध्यक्षमा हसमुदिन मिया चयन।
  • CIA Khabar

  • नवलपरासी।नवलपरासी (ब.सु.प) जिल्लामा रहेका लघुबित्तहरुको भेलाले निर्धन उत्थान लघुबित्त शाखा कार्यालय परासिका शाखा प्रमुख हसमुदिन मियालाइ सर्बसहमतिमा अध्यक्ष चयन गरेको हो।लघुबित्त बिरुद्ध हाल बिभिन्न सगठन बनाएर प्रहार भैरहेको र कर्मचारी माथि समेत आक्रमण भएको हुदा कर्मचारी हरु सङ्गठन हुनुपर्ने निष्कर्ष निकाल्दै तदर्थ समिति गठन भएको हो।समितिमा अध्यक्ष , उपाध्यक्ष सहित  १३ सदस्य रहेका छ्न।
    जिल्ला प्रसासन कार्यालय नवलपरासीमा लघुबित्त संघर्ष समितिले लघुबित्त खारेजि, कर्जा मिनाहा, महङ्गो ब्याजदर तथा लघुबित्तले अमानवीय ब्यबहार गरेर घरबास उठिबास लगाएको आरोप पत्र सहित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारिलाइ बुझाएको थियो। जिल्ला प्रसासन कार्यालय नवलपरासीले यथार्थ बुझ्न नवलपरासी मा रहेका २६ ओटा लघुबित्तलाइ जिल्ला प्रसासन कार्यालय मा बोलाएर छलफल गरेको थियो।छलफल मा लघुबित्त विरुद्धको भ्रमलाइ चिर्दै लघुबित्तको १५% ब्याज राष्ट्रबैकले नै निर्देशन गरेको नितिमा रहेर लगानि गरेको घट्दो क्रममा ब्याज गणना हुने; दलित, एकल महिला, द्वन्दपिडित, मुत्तकमैया, हलिया लगायतका ग्राहक लाइ १४% ब्याजमा लगानि गरेको साथै बित्तिय सचेतता समेत लघुबित्तले गर्दै आएको हुदा लघुबित्त विरुद्ध अनावश्यक भ्रम नफैलाउन जिल्ला प्रसासन कार्यालय मार्फत सङ्हर्स समितिलाइ लघुबित्तकर्मिले आग्रह गरेका छन। छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारीले लघुबित्तको सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रमहरु आफुले नजिक बाट हेरिरहेको हुदा उदारणिय कार्य गरेको हुदा अझ बढि प्रभाबकारिता सहित कार्य गर्न आग्रह गर्नुभएको थियो।छलफलमा २६ वटा लघुबित्तका शाखा प्रमुख, शाखा प्रतिनिधि तथा जिल्ला प्रसासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सहितको उपस्थिति रहेको थियो।

  • ५ कार्तिक २०७९, शनिबार १०:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images