‘जनताको सेवक भएर काम गर्ने छु’–अभिषेक प्रताप शाह

मेरो जित सुनिश्चित छ,जनताको अपार सहयोग र साथ पाएको छु शाह

  • CIA Khabar

  • कपिलवस्तु ।कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधि सभाका उम्मेदवार अभिषेक प्रताप शाहले आफू जनताको सेवक रहेको बताएका छन् । विगतमा पनि जनताको सेवा गरेको र आगामी दिनमा पनि सेवा गर्ने प्रतिबद्धता जनाएका छन । कपिलवस्तु खरेन्द्रपुरमा बाम लोकतान्त्रीक गठबन्धन निर्वाचन प्रचार प्रसार समितिले आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रममा शाहले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।
    ‘मेरो जित सुनिश्चित छ,जनताको अपार सहयोग र साथ पाएको छु शाहले भने, ‘मेरो प्रतिस्पर्धा कसै सँग छैन, मलाई जनताले जिताउँछन्,।’ जनताले काम गर्ने उम्मेदवारलाई जिताउने बताउँदै शाहले हरेक वडाका समस्या समाधानको लागि एउटा समूह निर्माण गर्ने बताए । सबै पार्टी भित्र समस्या हुने गरेको भए पनि निर्वाचनमा पार्टी प्रति सबै नेता कार्यकर्ता बफदार रहने विश्वास व्यक्त गरे ।
    आजको आवश्यकता गठबन्धन रहेकोले संविधान बचाउन बनेको गठबन्धनलाई बलियो बनाउनुपर्ने शाहको भनाई छ । निवर्तमान सांसद समेत रहेको शाहले नेपाली नागरिकहरूलाई नागरिकता वाट वञ्चित गराउन एमालेले राष्ट्रपतिलाई प्रयोग गरेको बताए । शेर बहादुर देउवा,प्रचण्ड,माधव नेपाल,दुर्गा पौडेल लगायतका नेताहरूले देशको विकास र समृद्धि चाहाने शाहले बताए । एमाले अर्थात् केपी ओलीले जनताले दिएका मतको अपमान गरि दुई पटक सम्म संसद् विघटन गरेकोले त्यस्तालाई निर्वाचनमा मार्फत जनताले सजाय दिने बताए ।
    निर्वाचन पश्चात् आफू देशको मन्त्री बन्ने शाहले घोषणा गरेका छन् । गत ५ वर्षको अवधि ३ वर्ष प्रतिपक्षको भूमिका रहेको बताउँदै आगामी ५ वर्ष विकासको लहर आउने दाबी गरेका छन् । कपिलवस्तु क्षेत्र न ३ प्रदेश सभा क का उम्मेदवार एहसान अहमद खाँले गठबन्धन बलियो रहेको जित सुनिश्चित रहेको बताए । अब प्रदेश र केन्द्रको सरकार बनाउने विषय रहेकोले जुनसुकै तवरले भए पनि निर्वाचन गठबन्धनको पक्षमा ल्याउनुपर्ने बताए । खाँले कार्यकर्ता गाउँ गाउँमा गरेर निर्वाचनमा परिचालित हुन आग्रह गरे । शाह नेपाली काँग्रेस र खाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार हुन ।

  • १६ कार्तिक २०७९, बुधबार १८:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images