गठबन्धनको आगामी सरकारले सुकुम्बासी भुमिहिनहरुलाई लालपूर्जा बाढ्छ : शाह
  • CIA Khabar

  • कपिलवस्तु ।नेपाली काग्रेसका नेता तथा कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अभिषेक प्रताप शाहले बाम लोकतान्त्रिक गठबन्धनको सरकारले लालपुर्जा बाढ्ने बताउनुभएको छ । निर्वाचन पश्चात गठबन्धनको सरकार बन्ने र त्यहि सरकारले सुकुम्बासी भुमिहिनहरुलाई लालपूर्जा वितरण गर्ने शाहले बताउनुभयो ।
    शिवराज नगरपालिका वडा २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले विद्यालयमा शिक्षकको समस्या रहेकाले माग बमोजिम शिक्षक उपलब्ध गराउने शाहले बताउनुभयो ।
    थारु महिलाहरुको सशक्तिकरणको लागि प्रदेश र स्थानीय तह सँग सहकार्य गरि कार्यक्रम लागु पर्ने शाहले बताउनुभयो । स्वास्थ्य र शिक्षा सबै भन्दा अपरिहार्य रहेकोले त्यसतर्फ आफु कटिबद्ध भएको क्षेत्रको विकासमा लाग्ने बताउनुभयो । शाहले युवाहरुलाई मध्यनजर गर्दै क्षेत्र भित्र एउटा अन्तरािष्ट्रय स्टेडियम निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
    कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा माओवादी केन्द्रका नेता एहसान अहमद खाँले आगामि निर्वाचन सरकार बनाउने योजना नभई संविधान मास्ने तत्व विरुद्धको लडाई हुने बताउनुभयो । बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवार जिताएर प्रदेश र केन्द्र सरकार बनाउनुपर्ने धारणा राख्नुभयो ।

  • १८ कार्तिक २०७९, शुक्रबार २०:४७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images