सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ : रेखा शर्मा
  • CIA Khabar

  • काठमाडौँ- नेकपा माओवादीकी नेतृ रेखा शर्माले सत्तारुढ गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी छन् ।

    बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले नै नयाँ सरकार बनाउने दाबी गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिएकी हुन् ।

    दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै वियजी भएकी शर्माले सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न बाँकी रहेको बताइन् ।

    ठूलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी उनले माओवादीको तर्फबाट पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाउने बताइन् ।

  • १६ मंसिर २०७९, शुक्रबार १५:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images