पाकिस्तान प्रशासित कश्मीरमा खाद्यान्नको चरम अभाव
  • CIA Khabar

  • काठमाडौँ- पाकिस्तानको प्रशासनअन्तर्गत रहेको कश्मीरमा खाद्यान्नको चरम अभाव देखिएको छ । सो क्षेत्रमा मागअनुसार सरकारले अनुदानमा दिने गहुँ र पिठोको आपूर्ति हुन नसकेको तथा उच्च मुद्रास्फीतिका कारण मूल्य पनि ह्वात्तै बढेकाले खाद्यान्नको अभाव देखिएको जनाइएको छ ।

    भारतीय समाचार संस्था एएनआईका अनुसार सो क्षेत्रका किराना पसल तथा गोदाममा खाद्यान्नसँगै भान्सामा प्रयोग हुने अन्य वस्तुको सञ्चिती पनि घट्दै गएको छ । गहुँको पिठोको अभाव भएसँगै रोटी, पाउरोटी र बेकरीजन्य वस्तुको पनि मूल्य अकासिएको छ ।

    गत वर्ष पाकिस्तानमा आएको भयानक बाढीले कृषि क्षेत्रमा विनाश निम्त्याएका कारण खाद्यान्नको अभाव देखिएको हो ।

    अत्यावश्यक वस्तुको अभावका कारण रेस्टुरेन्ट र होटेल पनि बन्द गर्नु परेको स्थानीय व्यवसायीले जनाएका छन् । खाद्यान्नको अभाव भएसँगै पाकिस्तानको अधिनमा रहेको कश्मीरका ठाउँठाउँमा प्रदर्शन र झडपको अवस्था समेत सिर्जना भएको जनाइएको छ ।

  • ९ माघ २०७९, सोमबार १७:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images