महिलालाई काममा बन्देज गर्ने निर्णय पुनर्विचार गर्न तालिबानलाई ओआईसीको आग्रह
  • CIA Khabar

  • काठमाडौँ- इस्लामिक मुलुकहरुको अन्तर्राष्ट्रिय संस्था इस्लामिक सहयोग संगठन ओआईसीले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानलाई गैर सरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगाउने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।

    ओआईसीले महिलालाई गैर सरकारी संस्था र विद्यालयबाट बञ्चित गर्नु ‘अल्लाहका दूत र इस्लामिक कानूनको भावनाविपरीत’ रहेको भन्दै निर्णय पुनर्विचार गर्न तालिबानसमक्ष आग्रह गरेको हो
    यसबाहेक ओआईसीले अफगानिस्तानमा मानवीय अवस्था अझ खराब बन्दै गएको भन्दै चिन्ता प्रकट गरेको छ । अफगानिस्तानको टोलो न्युजका अनुसार ओआईसीले तालिबानसमक्ष मानव अधिकारका साथै महिला र बालबालिकाको अधिकारको सम्मान गर्न पनि आह्वान गरेको छ ।
    सन् २०२१ को अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा महिला अधिकार हनन् र मानवीय संकट अझ बढ्दै गएको सन्दर्भमा ओआईसीको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।

  • ९ माघ २०७९, सोमबार १७:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images