राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
  • CIA Khabar

  • काठमाडौँ– राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिए ।

    तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन ।

    राष्ट्रियसभा नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशित गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निर्देशन दिएका थिए ।

  • १३ माघ २०७९, शुक्रबार १७:०५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images