सेयर बजारमा १५.७४ अंकको गिरावट
  • CIA Khabar

  • काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । लगातार सेयर बजार घट्नेक्रममा मंगलबार पनि नेप्से परिसूचकमा १५.७४ अंकले ओरालो लागेर २१११.६३ विन्दुमा आएर रोकिएको छ । सोमबार नेप्से परिसूचकमा ४१.०१ अंकले ओरालो लागेको थियो । सोही दिन ३ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।

    मंगलबार ५७ कम्पनीमा उकालो लागेको छ भने १४८ कम्पनीमा ओरालो लागेको छ । साथै ११ कम्पनी स्थिर छ । २५९ कम्पनीको कारोबार भएको छ । ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्ब ८२ भन्दा बढी रुपैयाँको कारोबार भएको छ ।

    रिडी हाइड्रो पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १९ करोड २० लाखबढी रुपैयाँको सेयर बिक्री भएको छ। लुम्बिनी जनरल बिमाको १४ करोड ३७ लाखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

    आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ । १३ उपसूचकहरु मध्ये हाईड्रोपावरबाहेकका सबै उपसूचक राताम्मै भएको छ ।

  • १७ माघ २०७९, मंगलवार १६:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images