परराष्ट्रमन्त्री पौड्याल र राजदूत चौधरीबीच भेटवार्ता
  • CIA Khabar

  • काठमाडौँ– परराष्ट्रमन्त्री डा विमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरेकी छिन् ।

    सो भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

    सो अवसरमा राजदूत चौधरीले श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुने बङ्गलादेशी विदेशमन्त्री डा एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्रमन्त्री पौड्यालसँग अनुरोध गरेका थिए ।

  • १७ माघ २०७९, मंगलवार १६:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images