क्यानाडाको हिन्दू मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएको भन्दै भारतको आपत्ति
  • CIA Khabar

  • काठमाडौँ- क्यानाडाको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरको हातामा भारतविरोधी भित्तेचित्र बनाइएको भन्दै भारतले आपत्ति जनाएको छ ।

    क्यानाडाको टोरन्टोमा रहेको भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ । सोमबार उक्त मन्दिरमा तोडफोडसमेत भएको थियो ।

    भारतविरोधी विकृत चित्र र तोडफोडको निन्दा गर्दै महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको छ, हामी यसको घोर भर्त्सना गर्दछौँ । हामीले क्यानाडाका अधिकारीहरूसँग यस विषयमा हाम्रो चिन्ता र चासो व्यक्त गरेका छौँ ।”

    ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले तोडफोडको निन्दा गरेका गरेका छन् भने क्यानाडाका अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेका छन् । “तोडफोडको यो घृणित कार्यको हाम्रो शहर वा देशमा कुनै स्थान छैन, सबैले आ–आफ्नो धार्मिक आस्थाका स्थानमा गरिने पूजामा सुरक्षित महसुस गर्न पाउनुपर्छ,” ब्राम्प्टनका मेयरले ट्वीट जारी गर्दै उल्लेख गरेका छन् ।

    क्यानाडामा मन्दिरमा तोडफोड भएको यो पहिलो घटना भने होइन । यसअघि गत सेप्टेम्बरमा पनि क्यानडाको बिएपीएस स्वामीनारायण मन्दिरलाई क्यानाडाली अतिवादीले भारत विरोधी भित्तेचित्रले विकृत पारेका थिए ।

  • १७ माघ २०७९, मंगलवार १७:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images