मनाङ मस्र्याङदी तिलोतमा गोल्डकपको सेमिफाइनलमा
  • CIA Khabar

  • बुटवल । एन्फा टेक्निकल मैदान बुटवलमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा नेपाल पुलीस कलबलाई २–१ अन्तरले हराउदै मनाङ मस्र्याङदी क्लब सेमिफिाइनलमा प्रबेश गरेको छ । मनाङ मस्र्याङदी क्लव २२ औं संस्करणको खेलमा प्रबेश गरेको हो । हार संगै ४ पटकको च्याम्पियन पुलिस प्रतियोगि बाट बाहिरिएको छ ।

    मनाङ मस्र्याङदीको जित प्रसन्न श्रेष्ठ र चेतन थारुले गोल गरे । दोस्रो हाफको १५ औं मिनेटमा पुलिसका बुद्धबल तामाङले गोल गर्दै खेलमा फर्कने कोशिस गरेपनि सफल हुन सकेन् । रुपन्देहि जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधि नगद ११ लाख ११ हजार १ सय ११ र उपबिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपयौँ उाउँने छ । आज हुने सेमिफाइनलमा थ्रि स्टार क्लव र सुदुरपश्चिम ११ बिच प्रतिस्पर्धा हुने छ ।

  • ८ चैत्र २०७९, बुधबार १०:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images