अन्दोलनको क्रममा प्रहरीको कुटाईबाट लिम्बुवान नेताको मृत्यु
  • CIA Khabar

  • काठमाडौं । कोशी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोनमा उत्रेका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप–कमान्डर पदम सुक्वाबा (लिम्बू)को प्रहरीको कुटाई बाट मृत्यु भएको छ । आन्दोलनको क्रममा गम्भीर घाइते भएका लिम्बूको आज बिहान २ बजे मृत्यु भएको हो ।

    चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश खारेजीको आन्दोलनमा प्रहरीको लाठी चार्ज बाट गम्भिर घाइते भएका उनको उपचारको क्रममा आज विहान धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार लिम्बूको आज विहान साढे २ बजे निधन भएको हो । प्रहरीको लाठी चार्चका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।४२ वर्षीय मृतक पदम तेह्रथुमको म्याङ्लुङ नगरपालिका – ९ साब्ला पार्टिगाउका स्थायी बासिन्दा हुन् ।

  • १० चैत्र २०७९, शुक्रबार ०७:५६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images