रास्वपा उपनिर्वाचनमा एकलै लड्ने
  • CIA Khabar

  • काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा एकलै लड्ने नगर्ने निर्णय गरेको छ । उपनिर्वाचनमा कुनै पनि पार्टी संग तालमेल वा गठबन्धन नगर्ने रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो । बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी तीन वटै क्षेत्रमा एकलै चुनाव लड्ने निर्णय गरेको रास्वपाका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए । बैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन हुँदैछ । आज बेसेको रास्वपाको बैठकले उम्मेदवार छनौटका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरू गर्ने निर्णयसमेत गरेको छ ।
    साथै रास्वपाले तनहुँमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल र बारामा केन्द्रीय सदस्य गणश कार्कीको नेतृत्वमा निर्वाचन परिचालन समितिसमेत बनाएको छ ।

  • १० चैत्र २०७९, शुक्रबार १७:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images