नेपाल प्रहरीको प्रमुखमा कुँवर
  • CIA Khabar

  • काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । आज अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

    पाँच जना एआइजी मध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाउने निर्णय गरेको हो । आइजिपी धिरजप्रताप सिंह आज देखि नियमित अवकाशमा जाँदैछन् । कुँवर २०८१ चैतसम्म प्रहरीको नेतृत्वमा रहने छन् ।

    हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा भएपछि महानिरीक्षक धिरजप्रताप सिंहसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एआईजी बढुवा विवादरहित भएको भन्दै खुशी व्यक्त गरेका छन् । गृह मन्त्रालयले ८ असारमा पहिलो नम्बरमा डीआईजी बढुवा गरेपछि कुँवर वरियतामा अगाडि आएका थिए ।

  • १० चैत्र २०७९, शुक्रबार १७:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images