युएईमाथि जित निकाल्न नेपालले पायो ११८ रनको सामान्य लक्ष्य
  • CIA Khabar

  • काठमाडौँ – एसीसी प्रिमियर कप अन्तर्गत नेपालले जितका लागि ११८ रनको सामान्य लक्ष्य पाएको छ ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई  ३३.१ ओभरमै ११७ रनमा अलआउट भएको हो ।

    युएईलाई सस्तैमा समेट्न ललित राजवंशीले कसिलो बलिङ गरे । उनले जम्मा १४ रन दिएर ४ विकेट लिए ।

    यस्तै करन केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १(१ विकेट लिए ।

    अब केही समयपछि नेपालले ब्याटिङ गर्नेछ ।

    सोमबार बाँकी रहेको खेल ‘रिजर्भ डे’ मंगलबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू भएको थियो।

    त्रिवि मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २. ३ ओभरमा ९ विकेट गुमाउँदै १६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो।

    यूएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा छ।

  • १९ बैशाख २०८०, मंगलवार १०:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images