ओपीडी सेवा बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने
  • CIA Khabar

  • काठमाडौं– अबदेखि स्वास्थ्य संस्थामा ओपीडी सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

    शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक अस्पतालमा १२ घन्टा ओपीडी सञ्चालन गर्ने बताएका हुन् ।

    त्यसैगरी स्वास्थ्य बीमा कार्यक्रमलाई पनि पुनरावलोकन गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेपछि सरकारले बीमालाई थप व्यवस्थित गर्न पुनरावलोकन गर्न लागेको हो ।

  • ५ जेष्ठ २०८०, शुक्रबार १८:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images